२०८३, आश्विन २० गते

images
  • विश्व
  • इरानको बन्दरगाहमा विस्फोट, १४ जनाको मृत्यु,...

इरानको बन्दरगाहमा विस्फोट, १४ जनाको मृत्यु, ७५० बढी घाइते

इरानको बन्दरगाहमा विस्फोट, १४ जनाको मृत्यु, ७५० बढी घाइते

आइतवार, बैशाख १४ २०८२०७:४१
आइतवार, बैशाख १४ २०८२०७:४१
  • images

    काठमाडौँ । इरानको एक प्रमुख बन्दरगाहमा भएको विस्फोटमा १४ जनाको मृत्यु भएको छ । ७५० भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
     
    विस्फोट शनिबार बिहान दक्षिणी सहर बन्दर अब्बासनजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह सहिद राजाईमा भएको हो ।
     
    विस्फोटले नजिकैका भवनहरूका झ्याल र छाना उडाएको र गाडीहरू नष्ट गरेको समाचामा उल्ल्लेख छ । स्थानीय बासिन्दाले विस्फोटको अवाज ५० किलोमिटर टाढासम्म सुनेका थिए ।
     
    प्राप्त भिडियोहरूका अनुसार एक ठूलो आगालागीपछि विस्फोट हुँदै गरेको,  मानिस भाग्दै गरेको, धेरैजना सडकमा घाइते अवस्थामा लडेका, धुवाँ उडिरहेको र भग्नावशेषको छेउमा मान्छे लडेका दृश्य देखिएको बीबीसीले जनाएको छ ।

    विस्फोट गोदाममा भएको बताइएको छ । हवाई दृश्यहरूमा कम्तीमा तीनवटा क्षेत्रमा ठूलो आगो लागेको देखिएको छ । इरानका गृहमन्त्रीका अनुसार आगो एक कन्टेनरबाट अर्कोमा फैलिँदै गएको थियो । यो घटनापछि सो क्षेत्रका विद्यालय र कार्यालयहरूलाई आइतबार बन्द गर्न आदेश दिइएको छ ।

    एक जोखिम विश्लेषण कम्पनीले ती कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलहरूका लागि तयार गरिएको ठोस इन्धन राखिएको हुनसक्ने बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend