२०८३, आश्विन २० गते

images
  • विश्व
  • ट्रम्प बिरोधी कार्नीको पार्टीले जित्यो क्यानडाको...

ट्रम्प बिरोधी कार्नीको पार्टीले जित्यो क्यानडाको चुनाव

ट्रम्प बिरोधी कार्नीको पार्टीले जित्यो क्यानडाको चुनाव

सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०४:४८
सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०४:४८
  • images

    काठमाडौं । ६० वर्षीय मार्क कार्नी क्यानडाका प्रधानमन्त्री कायम रहने भएका छन्। उनले नेतृत्व गरेको लिबरल पार्टीले क्यानडाको आम चुनावमा विजय हासिल गरेको छ।

    मार्च महिनामा कार्नीलाई लिबरल पार्टीको नेता चुनिँदा उनलाई पार्टीका ८५ प्रतिशत मत प्राप्त भएको थियो। आफ्नो चुनावी अभियानको क्रममा उनले आफूलाई विश्वव्यापी आर्थिक संकटसँग जुध्ने अनुभव भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्ध ९ट्रेड वार० को डटेर सामना गर्ने उनले बताएका थिए ।


    क्यानडा र बेलायतमा केही मानिसहरूका लागि कार्नी चिनिएका अनुहार हुन् । उनी वित्तीय मामिलाका विज्ञ हुन् र बैंक अफ क्यानडा तथा बैंक अफ इङ्ल्यान्डका प्रमुखका रूपमा काम गरिसकेका छन्। उनको जन्म फोर्ट स्मिथमा भएको हो र उनी उत्तर क्षेत्रबाट आएका क्यानडाका पहिलो प्रधानमन्त्री हुन् ।

    कार्नीले हार्वर्ड र अक्सफोर्डजस्ता विश्वविद्यालयबाट अध्ययन गरेका थिए । उनले डोनाल्ड ट्रम्पको विरुद्धमा कडा धारणा लिएका छन् र क्यानडालाई कहिल्यै अमेरिका ५१औँ राज्य बन्न नदिने बताएका छन्। ट्रम्पले क्यानडालाई अमेरिका ५१औँ राज्य बनाउन चाहेको बताएपछि क्यानडामा ट्रम्प बिरोधीको संख्या बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend