काठमाडौँ । कोशी प्रदेशले बिहीबारदेखि प्रदेशमै पहिलो पटक लगानी सम्मेलन आयोजना गर्दैछ । पहिलो पटक आयोजना हुन लागेको उक्त सम्मेलनमा विभिन्न ७१ वटा परियोजना सोकेसिङ हुँदैछ । कृषि उत्पादन, पाँचतारे होटल निर्माणदेखि पोडवेसम्मका आयोजनालाई सम्मेलनमा समेटिएको छ ।
विराटनगरमा पाँचतारे होटल बनाउने, इलाममा मोनोरेलदेखि कोदोको रक्सी ब्रान्डिङ गर्नेसम्मका परियोजना समेटिएको छ । त्यसैगरी, नाम्चे, हलेसीलगायतका क्षेत्र लक्षित गरी पोडवे निर्माण गर्ने परियोजना पनि समेटिएको छ । अनि, पदमार्ग निर्माणदेखि व्यापारिक भवन निर्माणसँग जोडिएका परियोजना पनि समेटिएको छ ।
प्रदेश सरकारले छनोट गरेका ७१ वटा परियोजनामा करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
परियोजना सोकेसिङमा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सोलुखुम्बु, संंखुवासभा, तेह्रथुम, इलाम, ताप्लेजुङ, पाँचथर, खोटाङलगायत जिल्लाबाट योजना छनोट गरिएको छ । ती जिल्लाबाट छनोट भएका परियोजनाहरुमा अलैन्ची, चिया, एभोकार्डो र किबीखेती, बेसार र छुर्पी उत्पादन, पर्यटकीय ताल निर्माण र सिमसार क्षेत्रको संरक्षण, केबलकार निर्माण, विज्ञान प्रविधि केन्द्र स्थापना, पदमार्ग सञ्चालन, पुरातात्विक क्षेत्रको संरक्षण, नयाँ पर्यटकीय क्षेत्र निर्माण, सहरमा व्यापारिक कम्प्लेक्स निर्माणलगायतका परियोजना समावेश छन् ।
सोकेस हुने मुख्य परियोजना
रासा ताल पर्यटक परियोजना
मुर्कुची–लिम्चुम्बङङु– हलेसी पोडवे
कोशी रिफ्रेसमेन्ट सेन्टर
कोशी पोडवे परियोजना
हर्बल प्रशोधन परियोजना
विराट राजा दरबार संग्रहालय
एग्रोप्रोसेसिङ सेन्टर
कन्काई–इलाम–सन्दकपुर पोडवे
एकीकृत फोहोर व्यवस्थापना परियोजना
विज्ञान केन्द्र मोरङ
कोदोको रक्सी परियोजना
छुुर्पी उद्योग
अलैँची उत्पादन तथा प्रशोधन
बेसार उत्पादन तथा प्रशोधन केन्द्र
एभोकाडो प्रशोधन उद्योग
किबी प्रशोधन उद्योग
दुग्ध उत्पादन तथा प्रशोधन
आमादब्लम मिनी हाइड्रो
उदयपुर क्लिङ्कर परियोजना
बारजु सौर्य ऊर्जा परियोजना
सिटरुस फ्रुुट्स फार्मिङ
देउमाई कफी फार्म
ग्रीन हाइड्रोजन केमिकल फर्टिलाइजर
बुद्धपार्क–चित्रे गुम्बा केबलकार परियोजना
काँकडभिट्टा बसपार्क परियोजना
इथानोल प्रशोधन प्लान्ट परियोजना
कन्याम मोनोरेल परियोजना
चौरिक–चेदिङमा केबुलकार परियोजना
चौँरीखर्क–नाम्चे रोपवे
खाँदबारी–नुम पदमार्ग
एक्सिस ५ तारे होटल विराटनगर
भेडेटार बहुउद्देश्यीय कम्प्लेक्स
विराटनगर बहुदेश्यीय व्यवसायीक भवन
कोशी प्रदेशको डिजिटलाइजेसन

