२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • आजदेखि कोशीमा पहिलो लगानी सम्मेलनः उत्साहित...

आजदेखि कोशीमा पहिलो लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी

आजदेखि कोशीमा पहिलो लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी

बिहिवार, बैशाख १८ २०८२०७:१९
बिहिवार, बैशाख १८ २०८२०७:१९
  • images

    काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् । 

    प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई  नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ । सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको  प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरूको बुझाइ छ । कोभिड १९ पछि थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको व्यवासायीहरूको भनाइ छ ।   

    नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सम्मेलनले समग्र निजी क्षेत्रमा उत्साह ल्याएको बताउँछन् । सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरोत्थान मात्र नभई समग्र नेपालको समृद्धिको आधार तयार उहाँको विश्वास छ । 

    “अर्थतन्त्र शिथिल छ । लगानीको अवस्था बनिरहेको छैन । व्यवसायीहरू निराश बन्ने अवस्था छ । यही बेला हुन लागेको सम्मेलनले पक्कै पनि आशाको सञ्चार गर्नेछ”, अध्यक्ष राउन भन्छन्,“प्रशासनिक झञ्झट, ढिलाइ, बजारको पहुँच र जमिन उपलब्धताको समस्या समाधानका लागि स्थायी संवाद मञ्च स्थापना, साना उद्यमीलाई बजारीकरणमा सहयोग र युवाहरूको सीप विकास निजी क्षेत्रका प्रमुख प्राथमिकता हुन् । सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल हुने विश्वास छ ।”

    नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारदा पनि बिहीबारदेखि हुने लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने आशा व्यक्त गरे। राज्यले हाल भइरहेका समस्या समाधानका लागि पहल गर्ने र व्यवसायीका कुरा कुरा सुन्छ भनेर आफूहरू उत्साहित भएको उनको भनाइ छ । 

    बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने उल्लेख गरेपछि व्यवसायी थप उत्साहित भएका छन् । 

    जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् । लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता ९एमओयु० हुने जानकारी दिए ।

    सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ । 

    साथै, पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend