२०८३, आश्विन २० गते

images
  • समाचार
  • ओडिसाको केआईआईटीमा अर्की नेपाली छात्राको शंकास्पद...

ओडिसाको केआईआईटीमा अर्की नेपाली छात्राको शंकास्पद मृत्यु

ओडिसाको केआईआईटीमा अर्की नेपाली छात्राको शंकास्पद मृत्यु

बिहिवार, बैशाख १८ २०८२१०:४१
बिहिवार, बैशाख १८ २०८२१०:४१
  • images

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ । वीरगञ्जकी १९ वर्षीया छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।  

    नयाँदिल्लीस्थित नेपाली राजदुताबासका काउन्सिलर सञ्जिब शर्मा दासका अनुसार स्थानीय प्रहरीले उनको आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ । यद्यपी प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। 
    यसअघि सोही कलेजमा अध्ययनरत वुटवलकी प्रकृति लम्सालले ४ फागुनमा आत्महत्या गरेकी थिइन् । कलेजकै एक बिद्यार्थीले यातना दिएको र त्यसको विषयमा कलेजले सुनुवाई नगरेको भन्दै सो घटनापछि कलेजमा आन्दोलन समेत भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend