२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतमा भीषण आँधी, वर्षा र चट्याङ...

भारतमा भीषण आँधी, वर्षा र चट्याङ : १० जनाको मृत्यु, १०० भन्दा बढी उडान ढिलाइ

भारतमा भीषण आँधी, वर्षा र चट्याङ : १० जनाको मृत्यु, १०० भन्दा बढी उडान ढिलाइ

आज राजस्थानका ३० जिल्लामा आँधीबेहरी र वर्षाको चेतावनी

सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२१२:१७
सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२१२:१७
  • images

    काठमाडौँ । भारतस्थित दिल्ली-एनसीआर, उत्तर प्रदेश र छत्तीसगढमा बिहीबार राति आँधीबेहरी, वर्षा र चट्याङका कारण १० जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार दिल्ली र उत्तर प्रदेशमा ४-४ जना र छत्तीसगढमा २ जनाको मृत्यु भएको हो।

    दिल्ली-एनसीआरमा अझै पनि धुलोयुक्त भीषण आँधी चलिरहेको छ। यहाँका तल्लो भेगमा पानी जमेको छ। दिल्ली विमानस्थलबाट १०० भन्दा बढी उडान ढिलाइ भएका छन्। ३ उडान डाइभर्ट गर्नुपरेको छ। 

    भारतीय मौसम विभागले आज राजस्थानका ३० जिल्लामा आँधीबेहरी र वर्षाको चेतावनी जारी गरेको छ। यसअघि बिहीबार जयपुर, जैसलमेर, भिलवारा र पालीमा धेरै ठाउँमा मेघगर्जन र असिनासहित वर्षा भएको थियो।

    मौसम विभागका अनुसार शुक्रबार मध्य प्रदेश, छत्तीसगढ, उत्तराखण्ड, ओडिसा, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरामा असिना पर्न सक्छ। यस्तै राजस्थान, हरियाणा, चण्डीगढ, दिल्ली र पञ्जाबमा धुलोयुक्त आँधी आउने अनुमान भारतको मौसम विभागले गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend