२०८३, आश्विन २० गते

images
  • समाचार
  • नेपाली विद्यार्थीको मृत्युबारे बोल्यो भारतीय विदेश...

नेपाली विद्यार्थीको मृत्युबारे बोल्यो भारतीय विदेश मन्त्रालय

नेपाली विद्यार्थीको मृत्युबारे बोल्यो भारतीय विदेश मन्त्रालय

शुक्रवार, बैशाख १९ २०८२०२:१८
शुक्रवार, बैशाख १९ २०८२०२:१८
  • images

    काठमाडौं । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।

    ‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

    विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत भनिएको छ । ‘यस विषयमा हामी नेपाली अधिकारी, ओडिसा सरकार तथा केआईआईटी व्यवस्थापनसँग हामी निरन्तर सम्पर्क र समन्वयमा छौं ।’ वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाह स्नातक प्रथम वर्षमा अध्ययरत विद्यार्थी थिइन् । उनको मृत्यु भएको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो । त्यसपछि शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ ।

    उनको बुबा त्यहाँ पुगेपछि मात्र पोस्टमार्टम गर्ने भनिएको छ । यसअघि फागुन दोस्रो साता पनि केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनले आफूलाई एक जना युवकले मानसिक यातना दिइरहेको भन्दै कलेज पटकपटक उजुरी दिएकी थिइन् । सुनुवाइ नभएपछि अन्तिममा ज्यान गुमाउन बाध्य भइन् ।

    indian-foreing-misiter-kiit.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend