काठमाडौँ । नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘नेपाल वायु सेवा निगमको पुनर्संचना गर्दै सेवा विस्तार गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा वायु सेवा निगमको पुनःसंरचना गरिने उल्लेख गरेका थिए ।
गत वर्षको नीति तथा कार्यक्रममा उनले आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउदैँ बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिहेको उल्लेख गरेका थिए ।

