२०८३, आश्विन १९ गते

images
  • समाचार
  • श्रावण १५ : नेपाल डेरी एसोसिएसनको...

श्रावण १५ : नेपाल डेरी एसोसिएसनको खिर खाने कार्यक्रम सम्पन्न

श्रावण १५ : नेपाल डेरी एसोसिएसनको खिर खाने कार्यक्रम सम्पन्न

मंगलवार, श्रावण १५ २०८१०७:५१
मंगलवार, श्रावण १५ २०८१०७:५१
  • images


    काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना एवं अप्टिमेस्टिक इन्टरनेशनलको सह–आयोजनामा खिर खाने कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख अतिथिमा शंखमुलस्थित नेपाल डेरी एसोसिएसनको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । 

    कार्यक्रममा विशेष अतिथि अप्टिमेस्टिक इन्टरनेशनल्का गभर्नर प्रकाश घिमिरे, उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डि.वि बस्नेत, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, एन. प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमाल, महासचिव पारस दाहाल, प्रबोधप्रभाकर रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न बस्तुगतका प्रतिनिधि एवम् कार्य समिति सदस्यहरु क्रमशः लिलेन्द्र प्रसाद प्रधान, नानीराज घिमिरे, नरेश लाल श्रेष्ठ, पशुपति देव पाण्डे, रविन पुरी, राजकुमार कार्की, शिव प्रसाद घिमिरे, चन्द्र थापा, इन्द्र महर्जन, मन्जु श्रेष्ठ, रमेश संग्रौला लगायत नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, संस्थापकहरु, सल्लाहकारहरु, निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरे, पशुपालन तथा मत्स्य सहकारी संघका बाबुराम अधिकारी, डेरी साईन्स एसोसिएसनका शिवराम सिंह, रैथाने एग्रो प्रा.लि.का प्रतिनिधि,  कृषि पत्रकारहरु, अप्टिमिस्ट डेरी आन्ट्रोपेनर क्लबका पदाधिकारीहरु, अप्टिमिस्ट इन्टरनेशनल्का महासचिव प्रताप थापा, एलजि ऋशेश्वर थपलिया, पत्रकारहरु एवं अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित दुग्ध व्यवसायीहरुको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले कार्यक्रममा स्वागत एवं शुभकामना मन्तव्य राखेका थिए । 

    प्रमूख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कार्यक्रमको उद्घाटन गरेका थिए । उपस्थित अतिथिहरुबाट शुभकामना आदानप्रदान गरिएको थियो । केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट किसानको बाँकी भुक्तानी गर्नका लागि विभिन्न समयमा सम्झौता गरेता पनि हालसम्म नपाएकोमा गुनासो गर्दै आगामी दिनमा सुधारिँदै बक्यौता चुक्ता गर्न अनुरोध गर्दै शुभकामना दिए ।

    अप्टिमेस्टिक इन्टरनेशनल्का गभर्नर प्रकाश घिमिरेले कार्यक्रमको शुभकामना दिँदै दुग्ध क्षेत्रको हालको समस्या समाधानका लागि सदा सकारात्मक भइ अगाडि बढ्न प्रयास भइरहनुपर्छ भन्ने कुरा बताए । निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरेले डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको छ । यसमा निर्यात संघको पूर्ण साथ रहने कुरा बताए । कार्यक्रमका प्रमुख अतिथि हेमराज ढकालले खिर दिवसको सबैलाई शुभकामना दिँदै दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भिर भएर लागिरहेको र समस्या समाधानको लागि सबै एक भइ लाग्नुपर्ने बताए । 

    khe.jfif

    एसोसिएसनले चलाएको मोही अभियानको प्रशंसा गर्दै एसोसिएसनलाई परेका कठिनाइमा महासंघ सदा साथ रहेको बताए । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले डेरी क्षेत्रमा अहिले देखिएका समस्या सबै मिलि राज्यको सहयोगमा हल गरिनुपर्ने ब्यक्त गरे । 

    उपस्थित सबै अतिथिहरुले छोटो शुभकामना दिँदै एसोसिएसनले गरेका हरेक कार्यको प्रशंसा गरेका थिए । एन. प्याब्सनका अध्यक्ष पाण्डब हमालले हरेक विद्यालयमा दुध तथा दुग्ध पदार्थको जानकारी गराउँदै दुधको महत्व बुझाउनु विद्यालयको पनि उत्तिकै कर्तव्य भएको जनाए ।  

    कार्यक्रमका सभापति केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबैलाई धन्यवादसहित शुभकामना व्यक्त गर्दै आगामी दिनमा नयाँ जोश जाँगरका साथ दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा रहेको र नेपाल डेरी एसोसिएसन सदैव यस्ता कुरामा अघि बढ्दै जाने कुरा बताउँदै एसोसिएसनले डेरी सेक्टरमा भएका समस्याको समाधानका लागि अग्रसरता रहनुपर्ने कुरा बताए । कार्यक्रममा उपस्थित सबैलाई मोहीपान एवं खिर सेवन गराइएको थियो ।

    आज श्रावण १५ गते खिर खाने दिनमा देशैभरीबाट करिव ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको छ । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप काठको ठेकी प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend