२०८३, आश्विन १९ गते

images
  • समाचार
  • त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी...

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी

सीएनएन खबर
बुधवार, श्रावण १६ २०८१०२:०३
सीएनएन खबर
बुधवार, श्रावण १६ २०८१०२:०३
  • images

    काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ ।

    असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न गृह मन्त्रालयले पहल थालेको हो ।

    गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र बाँकी यात्रु खोज्न चीनसँग सहयोग माग्ने तयारी रहेको जानकारी दिए । अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।

    गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।

    यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend