२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतले गर्‍यो पाकिस्तानमाथि हवाई आक्रमण, ३०...

भारतले गर्‍यो पाकिस्तानमाथि हवाई आक्रमण, ३० जनाको मृत्यु

भारतले गर्‍यो पाकिस्तानमाथि हवाई आक्रमण, ३० जनाको मृत्यु

बुधवार, बैशाख २४ २०८२०६:५७
बुधवार, बैशाख २४ २०८२०६:५७
  • images

    काठमाडौँ । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानमाथि हवाई हमला गरेको छ ।

    भारतले मंगलबार बार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरेको हो । भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।

    रिपोर्टका अनुसार अपरेशन सिन्दूर नाम दिइएको सैन्य कारबाहीअन्तर्गत बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको छ ।

    यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरे र बलियो जवाफ दिने चेतावनी दिएका छन् ।

    हवाई उडान प्रभावित

    सैन्य कारबाही कारण भारतको उत्तरी क्षेत्रका प्रमुख सहरहरूमा धेरै हवाइ उडान प्रभावित भएको छ । एयरलाइन्सहरूले यात्रुहरूलाई उडान रद्द वा ढिला हुनसक्नेबारे सचेत गराएको एनडीटीभीले जनाएको छ । 

    उनीहरूले यात्रुहरूले आफ्नो उडानको स्थिति जाँच गरेर मात्र यात्राको योजना बनाउन आग्रह गरेका छन् । 

    एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका लागि दिउँसो १२ बजेसम्मका उडानहरू रद्द गरेको छ । अमृतसरतर्फ जाँदै गरेका दुई अन्तर्राष्ट्रिय उडानहरू दिल्लीतर्फ मोडिएको जानकारी दिएको छ ।

    वर्तमान परिस्थितिको मध्येनजर गर्दै एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका सबै उडानहरू अधिकारीहरूको अद्यावधिक जानकारी नआउन्जेलसम्म रद्द गरेको बताएको छ । 

    इन्डिगोले पनि जम्मू, श्रीनगर, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बिकानेरका उडानहरू प्रभावित भएको बताएको छ । स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरमा विमानस्थल बन्द भएकाले उडान आगमन र प्रस्थानमा असर पर्नसक्ने जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend