२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारत–पाकिस्तान युद्ध, नेपालसँग सीमा जोडिएका क्षेत्रमा...

भारत–पाकिस्तान युद्ध, नेपालसँग सीमा जोडिएका क्षेत्रमा रेड अलर्ट

भारत–पाकिस्तान युद्ध, नेपालसँग सीमा जोडिएका क्षेत्रमा रेड अलर्ट

बुधवार, बैशाख २४ २०८२११:०५
बुधवार, बैशाख २४ २०८२११:०५
  • images

    काठमाडौँ । भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गरेपछि नेपाल र पाकिस्तानसँग सीमा जोडिएको उत्तर प्रदेशसहित पञ्जाब र राजस्थानमा ‘रेड अलर्ट’ जारी गरिएको छ।

    रेड अलर्ट जारी भएसँगै तीनै प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। यी राज्यहरूमा विद्यालय र विमानस्थलहरू बन्द गरिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

    पञ्जाब सरकारले सीमावर्ती पाँच जिल्लाहरू(फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर र गुरदासपुरमा सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सुरक्षाको दृष्टिकोणले यो कदम चालिएको हो।

    राजस्थान सरकारले बीकानेर र जोधपुरका विमानस्थलहरू बन्द गरेको छ। साथै, गंगानगर, बीकानेर, जैसलमेर र बाडमेर जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन्। राज्यभर उच्च सतर्कता घोषणा गरिएको छ।

    उत्तर प्रदेश सरकारले रेड अलर्ट जारी गर्दै सबै प्रहरी इकाइहरूलाई रक्षा बलहरूसँग समन्वय गर्न निर्देशन दिएको छ। राज्यका महत्त्वपूर्ण स्थानहरूमा सुरक्षा कडा पारिएको छ भने सीमामा समेत कडाइ गरिएको छ।

    india-pakistan yudda.jpg

    उत्तर प्रदेश प्रहरीको महानिरीक्षक कार्यालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै सबै क्षेत्रीय इकाइहरूलाई रक्षा बलहरूसँग समन्वय गरी संवेदनशील स्थलहरूको सुरक्षा बलियो बनाउन निर्देशन दिएको जनाएको छ।

    उत्तर प्रदेश प्रहरीले सबै फील्ड युनिटहरूलाई रक्षा इकाइहरूसँग समन्वय गर्दै नागरिक सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

    पोस्टमा लेखिएको छ, ‘उत्तर प्रदेश प्रहरी सजग, सुसज्जित र प्रत्येक नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा तयार छ। जय हिन्द१’

    मे ७, २०२५ मा भारतले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा हवाई आक्रमण गरेको थियो। यो कारबाही अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरिएको हो, जसमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो।

    यस सैन्य कारबाहीपछि भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको छ। दुवै राष्ट्रलाई अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend