एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोप भ्रमण रद्द गरेका छन् । भारत पाकिस्तानबीचको तनावले गर्दा मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसँग बैठक गरिरहेका छन् । भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भनेको छ भने कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको रआतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।
पाकिस्तानविरुद्ध भारतको अपरेशन सिन्दूर नामक सैन्य कारबाहीमा २६ सर्वसाधारणको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

