२०८३, आश्विन २० गते

images
  • विश्व
  • लाहोरको हवाई सुरक्षा प्रणाली परास्त पारेको...

लाहोरको हवाई सुरक्षा प्रणाली परास्त पारेको भारतको दाबी

लाहोरको हवाई सुरक्षा प्रणाली परास्त पारेको भारतको दाबी

सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०४:४१
सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०४:४१
  • images

    काठमाडौं । भारतको रक्षा मन्त्रालयले अपरेसन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जिकिर गरेको छ । विहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मे ७ मा भारतले गरेको कारबाहीमा पाकिस्तानका कैयौं हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरिएको उल्लेख छ ।


    विज्ञप्तिमा भारतको रक्षा मन्त्रालयले भनेको छ, ‘लाहोरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारिएको विश्वसनीय रूपमा थाहा भएको छ ।’ विज्ञप्तिमा भारतमा सैन्य केन्द्रहरूमा आक्रमण गरियो भने त्यसको उचित जवाफ दिइने चेतावनी पनि दोहोर्‍याइएको थियो।


    विज्ञप्तिमा उल्लेख गरिएअनुसार पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा ड्रोन र मिसाइलमार्फत् आक्रमण प्रयास गरेको तर ती आक्रमणहरूलाई भारतको एकीकृत ड्रोन प्रतिकार प्रणाली र हवाई सुरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको जिकिर गरिएको छ। भारतले तनाव बढाउने चाहना नराख्ने तर आवश्यक परेमा आफ्नो सुरक्षाका लागि दृढताका साथ प्रतिक्रिया जनाउने दोहोर्‍याएको छ ।

    २५ इजरायली ड्रोन खसाल्यौं : पाकिस्तान

    उता, पाकिस्तानी सेनाले भारतबाट पठाइएका २५ वटा इजरायली बनोटका ह्यारोप ड्रोन खसालेको दाबी गरेकोछ । । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरले भनेको छ, पाकिस्तानी सेनाले आफ्नो प्राविधिक र हथियारसहितको क्षमता प्रयोग गर्दै भारतबाट पठाइएका २५ वटा इजरायली बनोटका ह्यारोप ड्रोन खसालेका छन्।’

    सेनाले थप दाबी गर्दै भनेको छ, ‘६ मे मा पाकिस्तानको जवाफी आक्रमणले भारतका पाँचवटा आधुनिक लडाकु विमान, धेरै ड्रोन र केही सैनिकहरू मारिएपछि भारत आतंकित बनेको छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend