२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारत–पाकिस्तानबीच ड्रोन हमला, सीमामा तनाव चरम,...

भारत–पाकिस्तानबीच ड्रोन हमला, सीमामा तनाव चरम, बत्ती निभाएर सतर्क बस्न आदेश

भारत–पाकिस्तानबीच ड्रोन हमला, सीमामा तनाव चरम, बत्ती निभाएर सतर्क बस्न आदेश

बिहिवार, बैशाख २५ २०८२११:०१
बिहिवार, बैशाख २५ २०८२११:०१
  • images

    एजेन्सी । भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि एकपटक तनावपूर्ण मोडमा पुगेको छ। पाकिस्तानले कश्मीरदेखि राजस्थान र पञ्जाबसम्म ड्रोनमार्फत हमला गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतले आफ्नो एस–४०० एयर डिफेन्स सिस्टम प्रयोग गरेर आक्रमणहरूलाई विफल बनाएको दाबी गरेको छ।

    पाकिस्तानी एफ–१६ लडाकु विमान जम्मु क्षेत्रमा खसालिएको खबरसँगै स्थिति झनै चर्किएको छ। जम्मु, साम्बा, पठानकोट, आरएसपुरा, अमृतसर, जैसलमेर, भुज लगायतका सीमावर्ती क्षेत्रमा ठूलो मात्रामा विस्फोटको आवाज सुनिएको छ र आतंकको अवस्था छ।

    युद्धको सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षा निकायले स्थानीय बासिन्दालाई बत्ती निभाएर बस्न आग्रह गरेको छ। जम्मु, किश्तवाड, पञ्जाबको जालन्धर, राजस्थानको श्रीगंगानगरजस्ता स्थानहरूमा पूर्ण ब्ल्याकआउट गरिएको छ।

    आक्रमण तीव्र भएपछि धर्मशालामा भइरहेको आईपीएल खेल बीचमै रोकिएको छ। स्टेडियममा केही समयका लागि बत्ती निभाइएको थियो, त्यसपछि खेल स्थगित गरी दर्शकहरूलाई घर फर्काइएको छ। सुरक्षाकर्मीहरूले माइक्रोफोनमार्फत घोषणा गर्दै नागरिकहरूलाई घरमै सुरक्षित रहन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिरहेका छन्।

    विदेश सचिव विक्रम मिस्रीले पाँहलगाम हमला भारतविरुद्धको पहिलो ठूलो उक्साहट भएको बताएका छन् र भारतले ‘नापतोल गरेर जवाफ’ दिइरहेको बताए। भारतीय वायुसेनाको सिफारिसमा पञ्जाबको होशियारपुर जिल्लामा अनिश्चितकालीन ब्ल्याकआउट घोषणा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend