२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतमा सरकारी कर्मचारीलाई बिदामा रोक, २४...

भारतमा सरकारी कर्मचारीलाई बिदामा रोक, २४ विमानस्थल यात्रुका लागि बन्द गरी मार्शल राखियो

भारतमा सरकारी कर्मचारीलाई बिदामा रोक, २४ विमानस्थल यात्रुका लागि बन्द गरी मार्शल राखियो

शुक्रवार, बैशाख २६ २०८२०७:१७
शुक्रवार, बैशाख २६ २०८२०७:१७
  • images

    काठमाडौँ । भारतको दिल्ली राज्य सरकारले भारतीय सरकारी कर्मचारीहरूलाई अर्को आदेश नआएसम्मका लागि बिदा लिन रोक लगाएको छ ।

    सीएनएनका अनुसार भारतीय राज्यनियन्त्रित रेडियोले मे ८ मा सार्वजानिक गरेको सरकारी सूचनामा सो कुरा उल्लेख छ ।

    “हालको परिस्थिति र आपतकालीन प्रतिकार्य प्रणालीको तयारीको लागि एनसीटी दिल्ली सरकारका कुनै पनि अधिकारी वा कर्मचारीले अर्को आदेश नआएसम्म छुट्टी नपाउने निर्देशन दिएको छ,” सूचनामा भनिएको छ ।

    यो आदेश भारत र पाकिस्तानबीच ठूलो द्वन्द्वको नजिक पुगेको आशंकाको बीचमा आएको हो ।

    २४ विमानस्थल बन्द 

    भारतका २४ वटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । 

    पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ । नागरिक उड्डयन सुरक्षा ब्यूरो ९बीसीएएस०ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।

    निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ । एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ । 

    एयर इन्डियाले बीसीएएसलाई उदृत गर्दै आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ । बीबीसी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend