२०८३, आश्विन २० गते

images

भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडानमा ढिलाइ

भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडानमा ढिलाइ

सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०२:१६
सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०२:१६
  • images

    काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावको असर नेपालका अन्तर्राष्ट्रिय हवाई उडानहरूमा देखिन थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी युरोप र मध्यपूर्वबाट नेपाल आउने तथा यहाँबाट प्रस्थान गर्ने जहाजहरूमा औसत एक घण्टा ढिलाइ भइरहेको छ।

    गत बुधबार (वैशाख २४) बिहान भारतले हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो। तनावपछि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न नपाउने अवस्थाले नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडानहरूलाई वैकल्पिक रुट प्रयोग गर्न बाध्य बनाएको विमानस्थल स्रोतले जनाएको छ।

    'पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न नपाउँदा कतार, दुबई, ओमान हुँदै अरब सागर पार गरेर मुम्बईमार्फत नेपाल आउनुपरेको छ,' विमानस्थलका महाप्रबन्धक प्रतापबाबु निरौलाले जानकारी दिए। उनले थपे, 'यो मार्ग लामो भएकाले करिब एक घण्टाको ढिलाइ भइरहेको छ।'

    हाल नेपालमा उडान भर्ने प्रमुख मध्यपूर्वी एयरलाइन्सहरूमा कतार एयरवेज, फ्लाई दुबई, जजिरा, कुवेत एयरवेज र एयर अरेबिया रहेका छन्। यी सबै उडानहरू हाल वैकल्पिक रुटमार्फत सञ्चालन भइरहेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend