२०८३, आश्विन २० गते

images
  • समाचार
  • नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने...

नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन : प्रधानमन्त्री ओली

नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन : प्रधानमन्त्री ओली

शुक्रवार, बैशाख २६ २०८२०३:५०
शुक्रवार, बैशाख २६ २०८२०३:५०
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

    भेटवार्तामा भारतको जम्मु–कश्मीर राज्यस्थित पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमण र त्यसपछिको भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    राजदूत श्रीवास्तवले घटनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै भारतले उक्त आक्रमणको जवाफमा कारबाही गरेको तर जेट हमला भएको भन्ने प्रचार असत्य भएको स्पष्ट पारेका थिए। साथै, नेपाल सरकारद्वारा सो घटनाबारे सार्वजनिक गरिएको वक्तव्यप्रति धन्यवाद व्यक्त गरे।

    प्रधानमन्त्री ओलीले नेपाल कुनै पनि द्वन्द्वमा रहेको पक्षलाई छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पार्दै नेपाल सधैं शान्ति र स्थायित्वको पक्षमा रहेको बताए। उनले आतंकवादको कडा शब्दमा भर्त्सना गर्दै नेपालले सधैं आतंकवादविरुद्ध दृढ अडान लिएको उल्लेख गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend