२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना...

भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०४:२७
सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०४:२७
  • images

    काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ ।

    भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।


    मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को मुम्बई हमला र कन्दार अपहरण जस्ता पछिल्ला घटनाहरूमा समयभन्दा अगाडि नै अनियन्त्रित रिपोर्टिङ गर्दा सिर्जना भएका खतरालाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।

    भारतको केबल टेलिभिजन नेटवर्क सम्बन्धी कानुन स्मरण गराउँदै आतंकवाद विरोधी अभियानको क्रममा केवल आधिकारिक व्यक्तिद्वारा दिइएको जानकारी मात्र प्रकाशनरप्रसारण गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेकोछ ।


    मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालाहरूसँग आग्रह छ कि राष्ट्रको सेवामा उच्चतम् मानक बनाउँदै कभरेज गर्दा सतर्कता, संवैदनशीलता र जिम्मेवारी पालना गर्नुहोस् ।’

    मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिहरूबाट आधिकारिक रूपमा जारी नगरिएसम्म सुरक्षा कारबाहीका विवरण गोप्य राखेर सघाउन आह्वान गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend