२०८३, आश्विन २० गते

images
  • विश्व
  • पाकिस्तानद्वारा भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’को...

पाकिस्तानद्वारा भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’को घोषणा

पाकिस्तानद्वारा भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’को घोषणा

शनिवार, बैशाख २७ २०८२०८:३७
शनिवार, बैशाख २७ २०८२०८:३७
  • images

    एजेन्सी । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानी अधिकारीहरूले सरकारी सञ्चारमाध्यम मार्फत जनाएका छन् । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले भारतविरुद्ध प्रत्याक्रमणबारे जानकारी गराएको हो ।

    पाकिस्तानी अधिकारीहरूले भारत विरुद्धको प्रत्याक्रमण अपरेशन ‘बुन्यान उल मर्सूस’ नामबाट सुरु भएको पुष्टि गरेका छन् । जसको अर्थ अरबीमा “सिसाको पर्खाल” हो । पाकिस्तानका सैन्य प्रवक्ताले शनिबार बिहान सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै भारतले नुर खान बेस, मुरिद बेस र शोरकोट बेसलाई निशाना बनाएको बताए ।

    रावलपिंडीमा रहेको नुर खान एयर बेस, जहाँ सेनाको मुख्यालय छ, उक्त स्थान पाकिस्तानी राजधानी इस्लामाबादबाट लगभग १० किलोमिटर टाढा रहेको समाचारहरूमा उल्लेख गरिएको छ । घना बस्ती भएको क्षेत्र रावलपिंडीमा रहेको नुर खानमा बिहानै भएको आक्रमणले ठूलो आतंक मच्चाएको र बासिन्दाहरू सडकमा दौडिरहेका देखिएको समाचारहरूमा जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend