२०८३, आश्विन २० गते

images

भारत–पाकिस्तानबीच आक्रमण रोक्न सहमती

भारत–पाकिस्तानबीच आक्रमण रोक्न सहमती

शनिवार, बैशाख २७ २०८२०७:३३
शनिवार, बैशाख २७ २०८२०७:३३
  • images

    एजेन्सी । भारत–पाकिस्तानबीच आक्रमण रोक्न सहमत भएको छ ।  शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ’युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्। 

    उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए। मिश्रीले शनिबार अपराह्न ३ः३५ बजे पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले भारतीय सेनाका वरिष्ठ अधिकारीलाई टेलिफोन गरेको बताए। 

    ’दुई जनाबीचको टेलिफोन संवादपछि दुवै पक्षबीच जमिनबाट हुने गोलाबारी, आकाशबाट हुने सैन्य कारबाही र समुद्रबाट हुने आक्रमण रोक्न तयार हुनुभएको छ,’ मिश्रीले भनेका छन्। 

    पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि तत्कालै लागू हुनेगरी भारत र पाकिस्तानबीच ’युद्धविराम’को सहमति भएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट लेख्दै एक अर्काविरूद्ध आक्रमण नगर्न दुवै देश सहमत भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश ’युद्धविराम’का लागि सहमत भएको भन्दै बधाइ दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend