२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारत र पाकिस्तानबीच आज पुन: ...

भारत र पाकिस्तानबीच आज पुन: वार्ता

भारत र पाकिस्तानबीच आज पुन: वार्ता

सोमवार, बैशाख २९ २०८२१०:५८
सोमवार, बैशाख २९ २०८२१०:५८
  • images

    काठमाडौँ । शनिबार (मे १०) साँझदेखि युद्धविराम गरेका भारत र पाकिस्तानबीच आज (सोमबार) पुन: वार्ता हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आज दिउँसो १२ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच फोनमा कुराकानी हुने भएको हो।

    मनोहर पर्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिजकी रक्षा विज्ञ तथा अनुसन्धान फेलो स्मृति पटनायकका अनुसार आजको वार्ताले दुई देशबीचको सहमति थप स्पष्ट हुनेछ। यसअघि शनिबार पनि भारत र पाकिस्तानका डीजीएमओहरूबीच वार्ता भएको थियो। त्यसपछि शनिबार साँझदेखि दुई देशबीच युद्धविराम लागु भएको थियो। 

    तर दुई देशले कुन सर्तमा सहमति जनाए भन्नेबारे अझै धेरै जानकारी छैन। यसैबीच भारतीय सेनाले सोमबार बिहान विज्ञप्ति जारी गरी गएराति जम्मु कश्मीर र अन्तर्राष्ट्रिय सीमासँग जोडिएका क्षेत्रमा पूर्ण शान्ति रहेको, कुनै घटना नभएको बताएको छ।

    जम्मु(कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंककारी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिएर सैन्य कारबाही थालेको थियो। त्यसपछि पाकिस्तानले पनि शनिबार (मे १०) भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस’ घोषणा गरेको थियो।

    तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend