२०८३, आश्विन २१ गते

images

महाप्रसादविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

महाप्रसादविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

मंगलवार, बैशाख ३० २०८२०५:१४
मंगलवार, बैशाख ३० २०८२०५:१४
  • images

    काठमाडौं ।  निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

    अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै आइतबार रिट दर्ता गरेका थिए । अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।

    पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend