२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सीएनएन खबर
शुक्रवार, श्रावण १८ २०८११२:४४
सीएनएन खबर
शुक्रवार, श्रावण १८ २०८११२:४४
  • images

    काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरेकाे बाेर्डले जनाएकाे छ ।

    सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । 

    गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।

    त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend