काठमाडौँ । भारत र पाकिस्तानबीच आइतबार युद्धविराम समाप्त भएको दाबी गरिएका मिडिया रिपोर्टमा भारतीय सेनाले प्रतिक्रिया जनाएको छ। भारतीय सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ, 'आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय गरिएको छैन।'
सेनाले थप स्पष्ट गर्दै भनेको छ, 'मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको कुनै अन्त्य हुने म्याद तय गरिएको छैन।' युद्धविराम अघि, जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव सैन्य द्वन्द्वमा परिणत भएको थियो।
मे ७ मा सुरु भएको सैन्य आक्रमण मे १० को साँझ युद्धविराम घोषणा भएपछि रोकिएको थियो। यद्यपि, त्यसपछि पनि दुई देशबीच एकअर्काविरुद्ध सैन्य हमलाको आरोप-प्रत्यारोप जारी रह्यो।

