२०८३, आश्विन १९ गते

images

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सीएनएन खबर
शुक्रवार, श्रावण १८ २०८१०२:३८
सीएनएन खबर
शुक्रवार, श्रावण १८ २०८१०२:३८
  • images

    काठमाडौँ । सरकारले साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आइतबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको हो ।

    आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

    गृहमन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    bidha.jpg
    बिदा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend