२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विवादित सीईओको अर्को हर्कतः मन्त्रालय छिर्न...

विवादित सीईओको अर्को हर्कतः मन्त्रालय छिर्न नपाएपछि कर्मचारीलाई उर्दी, मन्त्रालय र प्राधिकरणमा सम्पर्क नगर्नु

विवादित सीईओको अर्को हर्कतः मन्त्रालय छिर्न नपाएपछि कर्मचारीलाई उर्दी, मन्त्रालय र प्राधिकरणमा सम्पर्क नगर्नु

आइतवार, जेठ ४ २०८२०६:२६
आइतवार, जेठ ४ २०८२०६:२६
  • images

    काठमाडौँ । दुधकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले कर्मचारीलाई नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयमा प्रवेशमा रोक लगाएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्कालाई तथानाम गालीगलौज गरेर विवादमा आएका उनले कर्मचारीलाई मन्त्रालय प्रवेशमै रोक लगाएका हुन् । 

    गालीगलौजमा उर्तिएपछि कर्मचारीको आचारण अनुसार नभएको भन्दै सीईओबाट फिर्ता बोलाउन मन्त्रालयबाट निर्देशन जारी भएको थियो । आफुलाई फिर्ता बोलाउन मन्त्रालयले पत्र पठाएको र अहिले मन्त्रालयमा प्रवेशमा रोक लगाएपछि उनले त्यसको रिस कर्मचारीमाथि पोखेका हुन् ।

    गत बैशाख २४ गते मन्त्रालयमा भएको एडीबीसँगको छलफलमा आफूले मन्त्रालयमा प्रवेश नपाएको रिस उनले कम्पनीमा कार्यरत कर्मचारीमाथि पोखेका हुन् । 

    गत साता उर्जासचिव सुरेश आचार्यको कार्यकक्षमा राखिएको बैठकमा गुरुङले प्रवेश पाएका थिएनन् । कर्मचारीमाथि हुनुपर्ने नैतिक आचारण नभएको मान्छे भन्दै बैठकमा उनलाई प्रवेशमा रोक लगाईएको थियो । 

    दुधकोसीको विवादित सिईओका कारण विवादमा पर्दै उर्जामन्त्री, सेटिङ मिलाएको आरोप दुधकोसीको विवादित सिईओका कारण विवादमा पर्दै उर्जामन्त्री, सेटिङ मिलाएको आरोप

    मन्त्रालयमा रोक लगाएपछि उनले त्यसको रिस साद्न कर्मचारीलाई समेत नेपाल विद्युत प्राधिकरण र मन्त्रालयमा बीना जानकारी नजानभन्दै निर्देशन नै जारी गरे । २४ गते नै उनले ९ बुदे परिपत्र जारी गर्दै बीना अनुमति प्राधिकरण, मन्त्रालय र एडीबीको बैठकमा नजान सर्कुलर जारी गरेका हुन् ।

    Dudhkoshi patra.jpeg

    उनले कम्पनीमा कार्यरत कर्मचारीलाई हाजिरी र अन्य निर्देशक जारी गरिएको बाहाना बनाउनै उक्त रिस साधेको अन्य कर्मचारीले आरोप लगाएका छन् । 

    कम्पनीको कर्मचारी सेवा विनियमावली, २०७८ को विनिमय ४९ अनुसार उक्त निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ । 

    उनले जारी गरेको पत्रको ८ औँ बुदामा भनिएको छ, ‘प्रमुख कार्यकारी अधिकृतको अनुमति वा जानकारी बिना तालुक मन्त्रालय, नेपाल विद्युत प्राधिकरण वा विकास साझेदार (एडीबी लगायत) मा सम्पर्क गर्न वा कुनै बैठकमा सहभागी हुन जान पाइनेछैन ।’

    सम्बन्धीत समाचार 

    प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ नेतृत्वको ८ वर्षे कार्यकालको छानबिन सुरु

    कर नतिरी भुक्तानी गर्ने कन्सल्टेन्टको अफिसमा दुधकोसीका सीईओको रजगज

     दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी

     सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ

     प्राधिकरणलाई नाफा मात्रै देखाउँछन् कुलमानः सरकारलाई न कर न ऋण भुक्तानी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend