२०८३, आश्विन २१ गते

images

ग्लोबल आईएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशत छुट

आइतवार, जेठ ४ २०८२०९:१८
आइतवार, जेठ ४ २०८२०९:१८
  • images

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट दिने समझदारी भएको छ।बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

    उक्त समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन्।

    सहमतिअनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ। 

    आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। 


    ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने बताए।

    यसैगरी, यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एउटै छानामुनि आँखासम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा सुविधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए। 

    पन्तले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने कुरा समेत स्पष्ट पारे। यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend