२०८३, आश्विन २० गते

images
  • विश्व
  • पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई २४ घण्टाभित्र...

पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन

पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन

सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२०६:५५
सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२०६:५५
  • images

    काठमाडौं । भारत सरकारले पाकिस्तानी उच्चायोगका अर्का एक अधिकारीलाई 'अवाञ्छित व्यक्तिु घोषणा गरेको छ। यसअघि मे १३ मा पनि भारतले एक पाकिस्तानी अधिकारीलाई 'अवाञ्छित व्यक्ति' घोषणा गरेको थियो। 

    ती पाकिस्तानी अधिकारी भारतमा आफ्नो आधिकारिक हैसियतविपरीका गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। ती अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न भनिएको छ। यो जानकारी भारतको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ।

    प्रेस विज्ञप्तिअनुसार पाकिस्तानी उच्चायोगलाई भारतमा रहेका कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियत कुनै पनि हिसाबले दुरुपयोग नगरोस् भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend