२०८३, मंसिर ७ गते

  • समाचार
  • मर्दी बेसक्याम्पमा भेटियो मानव अवशेष, स्वीडिस...

मर्दी बेसक्याम्पमा भेटियो मानव अवशेष, स्वीडिस नागरिकको हुन सक्ने आशंका

मर्दी बेसक्याम्पमा भेटियो मानव अवशेष, स्वीडिस नागरिकको हुन सक्ने आशंका

images
आइतवार, श्रावण २० २०८११०:४८
आइतवार, श्रावण २० २०८११०:४८
  • images


    काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेलापरेको छ । फेला परेको मानव अवशेष स्वीडिस नागरिकको हुन सक्ने आशंका गरिएको छ ।

    भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशंका गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।

    माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रवार साँझ मानव अवशेष भेटिएको बारेमा शनिवार जानकारी गराएको बताए । उनका अनुसार कपडाको आडमा मानव अस्थिपञ्जर भेटिएको छ ।

    ‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ,’ वडाध्यक्ष क्षेत्रीले भने । अवशेषसँगै एउटा आइफोन, च्यातिएका अवस्थामा कपडाहरु, स्लिपिङ व्याग लगायत सामग्री समेत भेटिएको उनले बताए ।
    क्षेत्रीले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएका छन् । फेला परेको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान गरिएको छ ।

    तत्काल हिँडेर घटनास्थलसम्म जान पनि कठिनाइ हुन सक्ने देखिएकाले हेलिकप्टरमार्फत जाने कि भन्ने छलफल भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

    हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको ४ हजार ५ सय मिटर हाराहारीमै रहेको वडाध्यक्ष क्षेत्रीले बताए ।

    पदमार्गको लो क्याम्प माछापुच्छ्रे गाउँपालिकाले राखेको सूचना केन्द्रमा नाम दर्ता गराएर शनिबार ४ हजार ५ सय उचाइको बेसक्याम्प गएका मिचल नफर्केपछि होटलले हराएको जानकारी गराएको थियो ।

    मर्दीको हाइ बेसक्याम्पको होटल म्याजिक माउन्टेनमा उनी बसेका थिए । उनको पासपोर्ट होटलमै भेटिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend