२०८३, आश्विन २० गते

images
  • विश्व
  • शिक्षालाई राजनीतिक हतियार बनाउँदै ट्रम्प प्रशासन,...

शिक्षालाई राजनीतिक हतियार बनाउँदै ट्रम्प प्रशासन, हार्वर्डको अन्तर्राष्ट्रिय भर्ना कार्यक्रम रद्द

शिक्षालाई राजनीतिक हतियार बनाउँदै ट्रम्प प्रशासन, हार्वर्डको अन्तर्राष्ट्रिय भर्ना कार्यक्रम रद्द

सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२१०:१६
सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२१०:१६
  • images

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ।अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन्, ‘प्रशासनले हार्वर्ड कानुन पालना गर्न असफल भएका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम रद्द गरेको छ।’

    उनले अगाडि लेखेकी छन्, ‘यो देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनी हो।’यसैबीच हार्वर्ड विश्वविद्यालयले भने विज्ञप्ति जारी गरी यो कदमलाई अवैध ' भनेको छ।

    हार्वर्ड विश्वविद्यालयले भनेको छ, ‘हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वान् भर्ना गर्ने क्षमता कायम राख्ने हाम्रो संकल्पमा प्रतिबद्ध छौँ। १४० भन्दा बढी देशबाट आएर विश्वविद्यालय र यस राष्ट्रलाई अत्यन्तै धनी बनाउने ती विद्यार्थी र विद्वान्‌हरूका लागि।’ विश्वविद्यालयले अगाडि भनेको छ, ‘हामी हाम्रो समुदायका सदस्यहरूबाट मार्गदर्शन र समर्थन खोज्न द्रुत गतिमा काम गरिरहेका छौँ। यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्‍याउने खतरा छ। यसले हार्वर्डको शैक्षिक र अनुसन्धान अभियानलाई पनि कमजोर बनाउँछ।’

    ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई असर गर्न सक्छ। हार्वर्ड विश्वविद्यालयको तथ्यांकअनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी विदेशी विद्यार्थी भर्ना भएका थिए। यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend