२०८३, आश्विन २० गते

images
  • राजनीति
  • गृहमन्त्रीलाई रास्वपाले भन्यो– राजीनामा दिएर अनुसन्धानमा...

गृहमन्त्रीलाई रास्वपाले भन्यो– राजीनामा दिएर अनुसन्धानमा सघाऊ

गृहमन्त्रीलाई रास्वपाले भन्यो– राजीनामा दिएर अनुसन्धानमा सघाऊ

शनिवार, जेठ १० २०८२०७:२९
शनिवार, जेठ १० २०८२०७:२९
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार बसेको रास्वपा सचिवालयको 'भर्चुअल' बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको छ। 

    ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता  मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्मिा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend