२०८३, आश्विन २० गते

images
  • विश्व
  • गाजामा इजरायली हवाई आक्रमण, एक चिकित्सकका...

गाजामा इजरायली हवाई आक्रमण, एक चिकित्सकका नौ सन्तान मारिए

गाजामा इजरायली हवाई आक्रमण, एक चिकित्सकका नौ सन्तान मारिए

सीएनएन खबर
आइतवार, जेठ ११ २०८२०९:५३
सीएनएन खबर
आइतवार, जेठ ११ २०८२०९:५३
  • images

    काठमाडौँ । इजरायली हवाई आक्रमणमा गाजामा एक चिकित्सकका नौ सन्तानको मृत्यु भएको छ। १० बच्चा रहेकी स्थानीय चिकित्सक डा. अलाआ अल-नज्जारको खान युनिसमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा उनका १० मध्ये ९ सन्तानको मृत्यु भएको हो। 

    नासेर अस्पतालका अनुसार उनका श्रीमान् र ११ वर्षीय छोरा आदम घाइते भएका छन्। बेलायती सर्जन ग्रेम ग्रुमका अनुसार आदमको शरीरभरि छर्राबाट गम्भीर चोट लागेको छ। डा. अल–नज्जारका श्रीमान्, जो आफैँ पनि चिकित्सक हुन्। उनी टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका छन्। 

    ग्रुमका अनुसार उनीहरूको कुनै राजनीतिक वा सैन्य सम्बन्ध थिएन । हमासद्वारा सञ्चालित सिभिल डिफेन्सका अनुसार अल-नज्जारको घरबाट शुरुमा आठ र त्यसपछि एक गरी ९ जनाको शव निकालिएको छ। संयुक्त राष्ट्रसंघले गाजामा युद्धको सबैभन्दा क्रूर चरण चलिरहेको बताउँदै इजरायली नाकाबन्दीको आलोचना गरेको छ । 

    यसै साता केही राहत सामग्री गाजामा प्रवेश गरे पनि २१ लाख जनसंख्याका लागि त्यो पर्याप्त छैन। खाद्यान्नको अभावका कारण आमाहरूले शिशुहरूलाई स्तनपान समेत गराउन नसकेको गाजावासीहरूको गुनासो छ। गाजामा इजरायली आक्रमणमा हालसम्म झण्डै ५४ हजार मानिसको मृत्यु भइसकेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend