२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रहरीमा जागिर छोड्ने बढ्दै, २१ प्रहरीलाई...

प्रहरीमा जागिर छोड्ने बढ्दै, २१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरीमा जागिर छोड्ने बढ्दै, २१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

आइतवार, जेठ ११ २०८२१२:५३
आइतवार, जेठ ११ २०८२१२:५३
  • images

    काठमाडौं । नेपाल प्रहरीमा जागिर छोड्नेको संख्या बढ्दै गएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/२०८१ सम्म ४ हजार ७ सय ३ जनाले जागिर छाडेका छन् । यस अवधिमा अनिवार्य अवकाश हुनेको संख्या २ हजार ४ सय ६७ छ ।

    यसैबीच आफूखुसी गैर हाजिर भएका हवल्दारसहित २१ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

    गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।

    policeee.webp
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend