२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ...

नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा

नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा

आइतवार, श्रावण २० २०८११०:२०
आइतवार, श्रावण २० २०८११०:२०
  • images

    काठमाडौं । नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राति पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन\। अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन् । बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको छ ।

    आइतबार बिहान ५ः२० को समयमा नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend