२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘यात्रु...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ स्थापना हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ स्थापना हुने

बुधवार, जेठ १४ २०८२११:०३
बुधवार, जेठ १४ २०८२११:०३
  • images

    काठमाडौँ । स्वदेशी तथा विदेशी पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनसँगै सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले ‘जिल्ला होटल व्यवसायी संघ, काठमाडौं’ ले ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ ।

    संघ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको व्यावसायिक व्यवस्थापक आइएमएस सर्भिसेज प्रा. लि. बीच मंगलबार एक सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार, संघले विमानस्थलको आगमन कक्षमा सहायता कक्ष स्थापना गरी पर्यटकहरूलाई सुरक्षित र व्यवस्थित रूपमा होटलसम्म पु¥याउने सेवा सञ्चालन गर्नेछ ।

    सम्झौतामा आइएमएस सर्भिसेज प्रा. लि. की प्रमुख कार्यकारी अधिकृत चारू श्रेष्ठ र जिल्ला होटल व्यवसायी संघ, काठमाडौंका अध्यक्ष सुरेश बरालले हस्ताक्षर गरेका हुन् । सम्झौता समारोहमा संघका पदाधिकारीहरू तथा विभिन्न इकाइका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

    अध्यक्ष बरालका अनुसार, नयाँ सहायता कक्ष आगामी असारको पहिलो साताबाट सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । उनले भने, ‘विमानस्थल हुँदै काठमाडौं भित्रिने पर्यटकहरूलाई होटलसम्म पु¥याउने प्रक्रियालाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो। सहायता कक्षले पर्यटनको पहिलो प्रभाव सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

    संघले स्थापना गर्न लागेको सहायता कक्षबाट आगन्तुकहरूलाई होटल बुकिङ, ट्रान्सपोर्ट सेवा, तथा पर्यटनसम्बन्धी अन्य जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने सुविधा रहनेछ । यसले पर्यटकमैत्री वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ । नयाँ पहलसँगै संघले नेपालको पर्यटन क्षेत्रको स्तर वृद्धिमा थप योगदान पुग्ने अपेक्षा लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend