२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैनः...

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैनः गृहमन्त्री

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैनः गृहमन्त्री

बुधवार, जेठ १४ २०८२०५:३५
बुधवार, जेठ १४ २०८२०५:३५
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूविरुद्ध फैलाइएको आरोप असत्य र भ्रामक भएको दाबी गरे ।

    ‘सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूबाट ममाथि लगाइएको आरोप तथ्यविहीन छ,’ मन्त्री लेखकले भने, ‘यस विषयमा म कुनै पनि प्रकारले संलग्न छैन भन्ने कुरा म सबैको अगाडि स्पष्ट गर्न चाहन्छु ।’

    उनले यो प्रकरणलाई लिएर संसदमा आफ्नो धारणा राख्ने प्रयास गर्दा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेकाले आफू पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्न बाध्य भएको बताए ।

    मन्त्री लेखकले आफूमाथि नियोजित र षड्यन्त्रपूर्वक आक्रमण गरिएको गुनासो पनि गरे । उनले भने, ‘ममाथिको आक्रमण राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ । यसले मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ भन्ने आभास म लिएको छु ।’

    आफ्नो सार्वजनिक जीवन सबैका सामु स्पष्ट रहेको उल्लेख गर्दै लेखकले थपे, ‘मेरो निजी र राजनीतिक जीवन खुला छ । यस्तो अवस्थामा अनियमितताको आरोप लगाइनु दुर्भाग्यपूर्ण छ ।’

    उनले अख्तियारले गरिरहेको अनुसन्धानलाई स्वागत गर्दै त्यसको प्रक्रिया अनुसार सत्य बाहिर आउने विश्वास पनि व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend