२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा...

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव, यी ठाउँमा पर्दैछ पानी

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव, यी ठाउँमा पर्दैछ पानी

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०७:५९
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०७:५९
  • images

    काठमाडौैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ । 

    बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । 

    आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । 

    त्यस्तै, राति गण्डकी प्रदेशका केही स्थानहरूमा कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend