२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१११:११
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१११:११
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन आइतबार पहेंलो धातु सुनको मूल्य बढेको छ ।

    आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३०० रुपैयाँले बढेकोे छ । यस दिन छापावाला सुन प्रतितोला  १ लाख ५० हजार रुपैयामा कारोबार भइरहेको छ ।

    यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।  

    तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार  ६००  रुपैयाँ तोकेको  छ ।  त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३० रुपैयाँ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend