२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रहरीले उपत्यकामा सञ्चालन गर्‍यो निशुल्क बस,...

प्रहरीले उपत्यकामा सञ्चालन गर्‍यो निशुल्क बस, कुन कुन रुटमा चढ्न पाइन्छ ?

प्रहरीले उपत्यकामा सञ्चालन गर्‍यो निशुल्क बस, कुन कुन रुटमा चढ्न पाइन्छ ?

सोमवार, जेठ १९ २०८२११:३५
सोमवार, जेठ १९ २०८२११:३५
  • images

    काठमाडौँ । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । 

    सार्वजनिक सवारी साधन बन्द हुँदा सर्बसाधारण मर्कामा परेपछि प्रहरीले बस चलाउने तयारी गरेको हो ।

    अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।

    पहिलो रुट अन्तरगत नक्साल-बालुवाटार-टिचिङ-चक्रपथ-नयाँबसपार्क-बालाजु-स्वयम्भू-कलंकी-बल्खु-सातदोबाटो-लगनखेल-जावलाखेल-थापाथली-माइतीघर-पुतलीसडक-जयनेपालसम्म छ ।

    यस्तै दोस्रो रुट नक्साल-रातोपुल-गौशाला-एअरपोर्ट-कोटेश्वर-ठिमी-सल्लाघारी-सूर्यविनायक-चाबहिल-सुकेधारा-चक्रपथ-टिचङ-वालुटावार रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend