२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौँका नदी र खोलामा पानीको सतह...

काठमाडौँका नदी र खोलामा पानीको सतह उच्च, बल्खुको तरकारी बजार र सुकम्बासी बस्ती क्षेत्र डुवानमा

काठमाडौँका नदी र खोलामा पानीको सतह उच्च, बल्खुको तरकारी बजार र सुकम्बासी बस्ती क्षेत्र डुवानमा

सीएनएन खबर
मंगलवार, श्रावण २२ २०८११०:४०
सीएनएन खबर
मंगलवार, श्रावण २२ २०८११०:४०
  • images

    काठमाडौँ । लगातारको वर्षासँगै काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको वहाव उच्च भएको छ । पानीको वहाव उच्च भएसँगै उपत्यकाका खोला आशपासका क्षेत्रहरु डुवानमा पर्न थालेका छन् । 

    बागमती नदीको पानीको सतह बढ्दा  बल्खु तरकारी बजार, कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ ।  काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

    जलसहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

    यस्तै, ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    काठमाडौँ–१६, माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर–पसल डुबानमा परेको स्थानीयले जानकारी दिएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend