२०८३, आश्विन २१ गते

images
  • समाचार
  • निरन्तरको वर्षाले हवाई उडान प्रभावित, ७...

निरन्तरको वर्षाले हवाई उडान प्रभावित, ७ वटा जहाज आकशमै

निरन्तरको वर्षाले हवाई उडान प्रभावित, ७ वटा जहाज आकशमै

मंगलवार, श्रावण २२ २०८११०:४८
मंगलवार, श्रावण २२ २०८११०:४८
  • images

    काठमाडौँ । निरन्तरको वर्षाका कारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित बनेको छ । 

    बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा मंगलबार बिहानै देखि जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

    त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले खराब मौसमका कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएको बताए । 

    उनले केही जहाज आकाशमै भएपनि केहीलाई भने डाइभर्ट गरिएको बताए ।  कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।

    कम भिजिबिलिटीका कारण स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् । सिता एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ ।

    दिल्ली बाट काठमाडौं आइरहेको भिस्तरा एयरको जहाज निजगडको आकाशमा फन्कामारिरहेको छ । दोहाकाट काठमाडौं आइरहेको कतार एयरवेजको जहाज पनि होल्ड भएको छ । त्यस्तै दिल्लीबाट काठमाडौं आइरहेको इन्डिगो एयरको जहाज पनि होल्ड भएको छ । भैरहवाबाट काठमाडौं आइरेहेको बुध्द एयरको जहाज पनि हेटौंडामाथिको आकाहमा फन्का मारिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend