२०८३, आश्विन १९ गते

images

नागढुंगाबाट सुनसहित भारतीय नागरिक पक्राउ

नागढुंगाबाट सुनसहित भारतीय नागरिक पक्राउ

शुक्रवार, जेठ २३ २०८२०१:३१
शुक्रवार, जेठ २३ २०८२०१:३१
  • images

    काठमाडौं । ४५ लाख बढी मूल्यको सुनसहित काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन्।

    झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। 

    प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो। पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७४।८३ ग्राम सुन बरामद भएको छ। थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ। 


    उनको साथबाट बरामद सुनको मूल्य आजको दिनमा ४५ लाख ६३ हजार ८२६ रुपैयाँ पर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend