२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हस्तकला महासंघले गर्‍यो बागमतीका मुख्यमन्त्री तथा...

हस्तकला महासंघले गर्‍यो बागमतीका मुख्यमन्त्री तथा विभागीय मन्त्रीलाई सम्मान

हस्तकला महासंघले गर्‍यो बागमतीका मुख्यमन्त्री तथा विभागीय मन्त्रीलाई सम्मान

सीएनएन खबर
मंगलवार, श्रावण २२ २०८१०२:५८
सीएनएन खबर
मंगलवार, श्रावण २२ २०८१०२:५८
  • images

    काठमाडौँ । नेपाल हस्तकला महासंघले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा विभागिय मन्त्रीहरुलाई सम्मान तथा स्वागत गरेको छ । 

    महासंघले आइतबार एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकासमन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ) श्रम तथा रोजगार मन्त्री प्रेम भक्त महर्जन तथा उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङ्खलाई सम्मान तथा बधाई दिएको हो । 

    उक्त कार्यक्रममा प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनका सम्वन्धमा गर्नुपर्ने कार्यहरुको बारेमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई जानकारी गराएका थिए । उनले सार्क हस्तकला विकास केन्द्रको संचालन, प्रदेश हस्तकलाग्राम स्थापना र संचालन हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्व विद्यालयको स्थापना र संचालनका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्यका सम्वन्धमा जानकारी गराएका थिए । 

    मुख्यमन्त्री र सम्वन्धित विभागिय मन्त्रीहरुले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसंग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको र महासंघसंग समन्वय गरी हस्तकला विकास सम्वन्धी कार्यहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend