२०८३, आश्विन २० गते

images
  • विश्व
  • अमेरिकामा २ बालबालिकासहित ४ नेपालीको गोली...

अमेरिकामा २ बालबालिकासहित ४ नेपालीको गोली हानी हत्या

अमेरिकामा २ बालबालिकासहित ४ नेपालीको गोली हानी हत्या

शनिवार, जेठ २४ २०८२०८:०१
शनिवार, जेठ २४ २०८२०८:०१
  • images

    काठमाडौँ । अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत  फेला परेका छन् । भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन्। मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरु एकै परिवारको हो होइन खुलिसकेको छैन ।

    म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेको हो ।

    उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ।

    सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ। प्रहरीका अनुसार यो घटना हत्या होकी आत्महत्या हो भनेर अनुसन्धान भइरहेको छ।

    Virginia-police_OuFD1JAZdZ-1.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend