२०८३, आश्विन २० गते

images
  • विश्व
  • प्रेमिकाको हत्या आरोपमा हैदराबादमा नेपाली...

प्रेमिकाको हत्या आरोपमा हैदराबादमा नेपाली युवक पक्राउ

प्रेमिकाको हत्या आरोपमा हैदराबादमा नेपाली युवक पक्राउ

आइतवार, जेठ २५ २०८२०३:४३
आइतवार, जेठ २५ २०८२०३:४३
  • images

    काठमाडौं । भारत हैदराबादमा प्रेमिकाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको हो। 

    विजयले ताराको हत्या गरी ट्राभल ब्यागमा शव हालेर फालेको भेटिएपछि जुन ४ मा घटनाको खुलासा भएको इन्डिया टुडेले उल्लेख गरेको छ। विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर उनीसँग बोवरमपेटस्थित एउटा कोठामा बस्दै आएको प्रहरीले जनाएको छ। विजय हैदराबादको एउटा रेस्टुरेन्टमा शेफका रूपमा कार्यरत थिए। तारा विवाहित र दुई छोराछोरीकी आमा थिइन्। 

    प्रहरीका अनुसार मे २३ मा उनीहरूबीच तारा गर्भवती भएको विषयमा भनाभन भएको थियो। विवादको क्रममा विजयले नाइलनको डोरो प्रयोग गरी उनको घाँटी कसेर हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि शवलाई ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेको प्रहरीको भनाइ छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend