२०८३, आश्विन १९ गते

images

बागलुङमा पहिरो : ८ जनाको मृत्यु

बागलुङमा पहिरो : ८ जनाको मृत्यु

मंगलवार, श्रावण २२ २०८१०४:५२
मंगलवार, श्रावण २२ २०८१०४:५२
  • images

    काठमाडौं । पहिरोमा परेर बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षापछि मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको हो । पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाबारे थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    वडा नं १० को आरुपाटामा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।

    प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएकाले घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।

    घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते भएकाले उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend