२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • राप्तीमा कर्मचारी कटौती प्रभावः डाक्टरदेखि सरसफाइसम्मका...

राप्तीमा कर्मचारी कटौती प्रभावः डाक्टरदेखि सरसफाइसम्मका सेवा ठप्प

राप्तीमा कर्मचारी कटौती प्रभावः डाक्टरदेखि सरसफाइसम्मका सेवा ठप्प

सोमवार, जेठ २६ २०८२०५:५५
सोमवार, जेठ २६ २०८२०५:५५
  • images

    काठमाडौँ । चितवनको राप्ती नगरपालिकाको सेवा प्रवाहमा ज्यालादारी कर्मचारीलाई हटाउदा समस्या आएको छ । २४ सै घण्टा सेवा दिइरहेको भण्डारा अस्पतालको सेवा खुम्चिएको छ भने निशुल्क एम्वुलेन्स सेवा समेत प्रभावित भएको हो ।
     
    नगरपालिकाको आधा दर्जन ठाउमा खुलेको स्वास्थ्य केन्द्र समेत प्रभावित भएको छ । नियमित उपचारमा रहेका नगरवासीहरुलाइ समस्या आइ लागेको छ । 

    पालिकाले करार र दैनिक ज्यालामजदुरीमा रहेका कर्मचारी हटाएपछि भण्डारा अस्पतालको नियमित काममा अप्ठ्यारो भएको छ भने २ वटा एम्बुलन्सको सेवा ठप्प भएको छ । यस्तै, कृषि एम्बुलेन्स र फोहोर व्यवस्थापन गर्ने ट्याक्टरको सेवा समेत प्रभावित भएको छ । 

    एकै पटक ६८ जना कर्मचारीलाइ बिदा गर्दा नियमित रुपमा सञ्चालन भइरहेको ऐलानी जग्गा नापजाँचमा समस्या भएको छ भने सोमबारदेखि सुरु भएको वडा नम्बर ४ को नापजाँचको काम ठप्प भएको छ । 

    राप्तीमा मेयर उपमेयरबीचको विवादः एकैपटक हटाईए ७४ जना कर्मचारी राप्तीमा मेयर उपमेयरबीचको विवादः एकैपटक हटाईए ७४ जना कर्मचारी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend