२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध, यात्रु...

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध, यात्रु मारमा

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध, यात्रु मारमा

सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०८:२८
सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०८:२८
  • images

    काठमाडौँ । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई  पन्छाउन केही समय लाग्ने उनले बताए ।

    प्रहरीका अनुसार दुई तर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend