२०८३, आश्विन १९ गते

images

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बिहिवार, जेठ २९ २०८२१०:४२
बिहिवार, जेठ २९ २०८२१०:४२
  • images

    काठमाडौँ । बाढीले डाइभर्सन बगाएपछि नवलपरासी पूर्वमा राजमार्ग अवरुद्ध भएको छ।  दुम्किवासस्थित बिनयी खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि बिहीबार बिहानबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।

    विनयी खोलाको पुल भाँचिएपछि गएको पाँच महिनादेिख खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यहाँ बाढीले पटकपटक डाइभर्सन बगाउँदै आएको छ। बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए।

    बगाएको ठाउँमा डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको छ। अहिले यात्रु बाहक सवारी र हल्का सवारी साधन होङ्सी गेटबाट सर्दी हुँदै सञ्चालन भए पनि ठूला र मालबाहक सवारी साधन रोकिएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend